नवलपरासी (ब.सु.पूर्व) जिल्ला हुप्सेकोट गाउँपालिका वाडा नं.५ को धौवादीमा देशकै ठूलो फलाम खानि रहेको पाइएपछि नेपाल सरकारले खानी उत्खननको लागि धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको छ । खानी तथा भूगर्भ विभागको कार्यालय लैनचौर परिसरमै कार्यालय रहने गरी गठन गरेको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उद्य्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दवाडी, समितिको सदस्यमा अर्थ मन्त्रालयका उपसचिव दिनेश प्रसाद थनी, खानी तथा भुगर्भ विभागका उपसचिव पृथ्वीलाल श्रेष्ठ, भौतिक पुर्वधार तथा यातायात मन्त्रालयका उपसचिव सम्झना लामिछाने र प्रमुख कार्यकारी अधिकृतमा डा.जनक बहादुर चन्द लाइ तोकी कार्य अगाडी बढाएको छ । यस विषयमा स्थानिय समुदाय र सरकार विच गहन विमर्श भएको पाइदैन । खानीको DPR (detailed project report) तयार गरेको चर्चा त छ तर कसले कहाँ कसरी ग¥यो कोसंग छ स्थानिय/आदिवासी जनजाति समुदाय लाई कुनै जानकारी छैन । कम्पनीको शेयर दश अर्वको हुने जसमा सरकारको ५५% र निजी क्षेत्रको ४५% लगानी रहने भनियको छ । सरकारको ५५% मध्य ३% प्रदेश सरकार र २% स्थानिय तहलाई दिने समेत उल्लेख छ । साथै निजी क्षेत्रलाई दिने भनिएको ४५५ लाई १००%मानेर त्यसको १०%प्रतिशत सम्बन्धीत वडाका बासिन्दालाई दिने भनिएको छ यो आकडालाई हेर्दा हुप्सेकोट गाउपालीका र हुप्सेकोट ५ का वडावासी वाहेक जिल्लाको समग्र आर्थिक बृद्धि हुन्छ भनी हौसिरहनु पर्ने देखिदैन । यसरी वास्तविकताबारे विस्तृत जानकारी नभएका विषयमा भने विभिन्न मिडियाहरुमार्फत प्रकृया अघि वढीरहेको भन्ने समाचार पढ्न र सुन्न पाइरहेको छ । फलाम उत्खननको कार्य अघि बढाउन भनि संघिय सरकार र प्रदेश सरकारले करोडौ बजेट विनियोजन गरेको र विभिन्न पुर्वधारहरु निर्माण कार्य गरिरहेको भन्ने सुनिएतापनी बाटो निर्माणकार्य अलपत्र देखिन्छ । धौवादी फलाम खानी उत्खनन बारे विविध कोणबाट चर्चा परिचर्चा र बहस गर्न सकिन्छ तर मेरो सरोकारको विषय भने यसले पार्ने सकरात्मक नकरात्मक प्रभाव बारे चर्चा र वहस गर्नु हो ।

सकरात्मक प्रभावहरु :

  • पालीका, प्रदेश र देशको आयमा बृद्धि ।

धौवादी फलाम उत्खननबाट १० करोड टन कच्चा फलाम उत्पादन गर्न सकिने आकलन गरिएको आधारमा यो फलाम विक्री बाट प्राप्त तोकिए बोजिमको शेयर बराबर मुनाफा  रकम नै गाँउपालीका, प्रदेश र देशको आय हुने भएकोले देशको आयमा बृद्धि हुने देखिन्छ ।

  • रोजगारीको सिर्जना ।

फलाम खानी उत्खननको लागि आवश्यक दक्ष वा अदक्ष जनशक्ती स्थानिय श्रमबजारबाट पूर्ति गर्ने भएकोले स्थानिय स्तरमा रोजगारीको सिर्जना हुने देखिन्छ ।

  • बाटो निर्माण तथा स्तरउन्नती ।

खानी सञ्चालन भएपश्चात खानीबाट उत्खनन गरिएका कच्चा फलाम निकासी र खानीको लागि आवश्यक सामाग्री आपूर्तिको लागि खानी जाने बाटो निर्माण तथा चालु सडक मर्मत सम्भार गर्ने गरिरहन्छ र बाटो राम्रो हुन्छ ।

  • स्थानिय उत्पादन (कृषीजन्य) बाट आयआर्जन गर्न सकिने ।

खानी उत्खननको क्रममा खानीभित्र कार्यरत प्राविधिक र मजदुरहरुको लागि आवश्यक खाद्यन्न, तरकारी, माछामासु लगायतको वस्तुहरुको खपत बढ्ने भएकाले स्थानिय स्तरमा उत्पादन हुने कृषिजन्न सामाग्रीको विक्री हुने र त्यसबाट स्थानिय समुदायको आयआर्जनमा बृद्धि हुने देखिन्छ ।

नकरात्मक प्रभाव :

  • प्रदुषण: (ध्वनि, पानी, भूमि, वायू):

खानी उत्खननका क्रममा प्रयोगहुने माइन, मेशीनहरु र सवारीसाधनहरु बाट ठूलाठूला आवाजहरु निस्कने गर्दछ जसको कारण श्रवण शक्ती तथा मुटुसम्बन्धी रोगहरु बढ्न सक्ने, खानी उत्खनन गर्दा आखाले नदेखिने धुलो र रसयानहरु खानेपनी तथा सिंचाई गर्ने पानीमा मिसिन गाई हाम्रो स्वास्थ्यमा गम्भिर असर पार्नसक्ने, उत्खननको बेला प्रयोग हुने विभिन्न सामाग्रीहरु तथा त्यसपश्चात उत्पादन हुने फोहोरजन्य वस्तुहरुले वरपरका भूमिको उर्वराशक्तीमा ह्रास गराउने, उत्खननको बेला उत्पादन हुने धुलो धुवाको कारण वायु प्रदुशण भई स्वासप्रस्वास सम्बन्धी रोगहरु बढ्न सक्ने ।

  • प्रकृतिक सौन्दर्यको विनास र पर्यटन सम्भावनाको अन्त्य ।

कुनैपनी खानी उत्खननले प्रकृतिको सौन्दर्यानै सकाइदिने गर्दछ । धौवादी फलाम खानी उत्खननले पनी धौवादी वरपरको प्राकृतिक सौन्दर्यतालाई खण्डहरमा परिणत गरिदिन्छ र यस क्षेत्रमा प्रकृतिप्रेमी पर्यापर्यटनको सम्भावना अन्त्य हुन्छ ।

  • वनस्पति र जीव (बिरुवा र जनावर) को लोप जैविक विविधतामा नकरात्मक असर ।

खानी उत्खनन गर्दा यस क्षेत्रको सवै वनस्पति र जीवहरुको नास हुने गर्दाछ यसकारण यहाँका स्थानिय÷आदिवासी जनजाति समुदायहरुले प्रयोग गर्ने विभिन्न अमुल्य जडीबुटीहरु नाश हुनुको साथै त्यसबाट लाभान्वितहरुलाई ठूलो नोक्शानी हुन पुग्दछ । त्यसैगरी यस क्षेत्रमा पाईने घोरल, मृग, ढेडुवा लगायतको जनावार र विभिन्न प्रजातिका पन्छीहरुको समेत लोप हुने सम्भावना रहन्छ  जसले जैविक विविधतामा नकरात्मक असर पुय{fउदछ ।

  • जलीय विविधता (जल प्रजाति) को ह्रास ।

खानी उत्खनन कार्य गर्दा त्यसबाट खुल्ला आँखाले देख्ने तथा नदेख्ने फोहोरहरु उत्पन्न हुने र त्यो प्रत्यक्ष वा अप्रत्यक्ष हावा र पानीमा घुलित हुन जाने भएकोेले र खानी उत्खनन क्षेत्रबाट हुप्सेकोट गाँउपालीकाको गिरुवारी खोला र कावासोती र हुप्सेकोटको सिमाहुदै वग्ने केरुङ्गे खोलामा फोहोर हुन गई यहाँ पाईने माछा, गंगटा, भ्यागुता लगायतको जलचर प्राणीको प्रजनन प्रणालीमा ह्रास हुन जान्छ जसले जैविक विविधतामा नोक्सानी हुने सम्भावना रहन्छ ।

  • खाने पानीको श्रोत विस्तारै सुकाउँदा पिउने पानीको हाहाकार हुनु ।

कुनैपनी खानी उत्खनन गर्दा त्यसको १० किलोमिटर वरपरको पानीको सतह दब्नसक्ने वा पानीको मुहान सुक्नसक्ने एक अन्तराष्ट्रिय अनुसन्धान रिपोर्टले देखाएको छ । त्सैलाई आधार मान्ने हो भने खानी उत्खनन गर्दा धौवादी र यस वरपरको मुहानबाट खानेपानी आपूर्ति गरिरहेका कावासोती नगरपालीका, हुप्सेकोट गाँउपालीका र बौदीकाली गाँउपालीका को वस्तीहरुमा पानीको समस्या पर्नसक्ने वा पानी आएतापनी रसायानयुक्त पानीको कारण विभिन्न रोगहरु लाग्नसक्ने सम्भावना देखिन्छ ।

  • चरीचरन क्षेत्र तथा खोरिया प्रथाको अन्त्य ।

धौवादी फलाम खानी उत्खनन भएको बखत यस क्षेत्रलाई चरीचरन क्षेत्रको रुपमा प्रयोग गरि मासुजन्य र दुग्धजन्य उत्पादनबाट आम्दानी गरिरहेका धौवादी, राम्चे, ल्हापे, कुटे, बसेनी लगायतको स्थानिय÷आदिवासी जनजाति समुदायको आयआर्जन बन्द हुनेछ र ल्होसे (खोरिया) प्रथा बाट जुनेली, मकै….जस्ता खाद्यान्न उत्पादनमा समेत ह्रास हुन जाने भएकोले त्यस क्षेत्रबाट विस्थापित हुनसक्ने सम्भावना रहन्छ ।

  • धार्मिक ऐतिहासिक पवित्र स्थलको नाश ।

धौवादी फलाम खानी क्षेत्र र सो आसपासमा वाइसे चौविसे राज्यकालीन रुद्रशेन को रुद्रपुर गढी, सयौ बराहा थानहरु लगायत कयौ पवित्र स्थालहरु रहेकोले सो स्थलको नाश हुने र सदियौदेखी चलिआएको पुजापाठ र परम्पराहरुमा विराम लाग्ने छ यसले स्थानिय/आदिवासी जनजाति समुदायको भावनामा ठूलो चोट पुग्ने र कहिल्यै नपाउनेगरि धार्मिक र ऐतिहासिक पवित्रस्थलहरु गुम्ने छ ।

  • स्थानिय आदिवासी जनजाति समुदायको अस्तित्व समाप्त ।

स्थानिय/आदिवासी जनजाति समुदायले सो क्षेत्रमा विचरन गर्दै हालसम्म स्थापना गरेको भावनात्मक सम्बन्ध (थानहरु, पाटीपौवा, पानीपधेरो, कपरस्थान, पुजनिय रुख, ढुंगा,पहाड, पानीको मुल, सिमेभुमे, बिभिन्न पर्वहरुमा लाग्ने जात्रा, वनपाखा, खोरिया) संगको भावनात्म सम्बन्ध बन्द हुनेछ, त्यसैगरी सास्कृतिक कौरा, झाम्म्रे, सोरठी, घाटु नचान हरु नाच्ने ठँउहरु छाड्नुपर्दा सस्कृति पनि लोप हुने सम्भावना रहन्छ ।

  • अधिक दुर्घटना ।

खानी उत्खनन सुरु भएमा त्यस क्षेत्रमा अधिक दुर्घटनाको सम्भावना रहन्छ जसले ठूलो मानविय क्षति समेत भइरहन्छ, त्यसैगरी खानीमा सञ्चालन हुने सवारीसाधनहरुको तिब्र चापका कारण खानी जाने बाटो वरपर धेरै सडक दुर्घटनाहरु हुने सम्भावना रहन्छ ।

निश्कर्ष :

कुनैपनी राष्ट्रले आफ्नो देशको आर्थतन्त्र मजबुद बनाउन आन्तरिक तथा बाह्य ब्यापार ब्यवसाय प्रत्यक्ष वा अप्रत्यक्ष गर्दाछ । हाम्रो देशमा समेत व्यवसायीक योजना सहित नेपाल भित्रका विभिन्न खानीहरु उत्खनन गर्ने र विक्रि गर्ने कार्यहरु नभएका होइनन र गर्नुपनि पर्दछ यस्तो कार्य गर्दा विसुद्ध व्यवसायीक योजना मात्र हेरी सवैकुरा नाफाकोमात्रै गर्ने तर त्यस क्षेत्रको सामाजिक, सास्कृतिक, पर्यावरण, धार्मिक सम्पत्तीहरुको कुनै वास्ता नगर्नुले हतारमा गरेको कार्याले फुर्सदमा पछुताउनुपर्ने परिस्थितिको सिर्जना नहोला भन्न सकिदैन । फिलिपिन्स, मलेसिया लगायतको देशहरुमा खानी उत्खनन गर्न टेण्डर आह्वान गरि कार्य थलानी गरेपछी पनि स्थानिय समुदायसंगको छलफलमा खानी उत्खननबाट भन्दा त्यस क्षेत्रभित्र वसोवास गर्ने समुदायको सामाजिक, सास्कृतिक, धार्मिक सम्पदा संरक्षण गरि सो क्षेत्रमा पर्यापर्यटनको प्रवर्धनबाट अनन्त आयआर्जन गरिरहन सकिने, ऐतिहासीक सम्पदाहरुको संरक्षण भइरहने देखेर खानी उत्खनन बन्द गरेको उदाहरणहरु भएकोले धौवादी फलाम खानी उत्खनन पुर्व स्थानिय÷आदिवासी जनजाति समुदायसंग खानी उत्खननबाट हुने सकरात्मक नकरात्मक असर र प्रभाव के के हुन सक्छ साथै ति असर/प्रभाव न्यूनिकरण र अनुकुलनका लागि के कस्ता योजनाहरु बनाएका छन प्रभावित क्षेत्रका स्थानिय समुदाय र सरोकारवालाहरुमा व्यापक छलफल गरिनुपर्ने देखिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top